भेनासालीको दोहोरी गीत
#भेनासालीको_दोहोरी
लाउँछु जोवन चन्चले, माया एकै नजरमा।
लाउन्न जोवन चन्चली, माया क्षणिक भरमा।।
एउटा माया घर लाउँछु, अर्को माया तेरी।
बिर्सि गयौ कि सम्झेकी छौ नि, साली प्यारी मेरी।।
जस्तो भने नि त्यस्तै दिदी, साली किन चाहिन्छ।
यसरी त दिदीबहिनी, रोज्न कहाँ पाइन्छ।।
संसारको रीतिरिवाज, म पनि जान्न चाहन्छु।
तिम्लाई हेरी तिम्री दिदीलाई पुरानी भो भन्छु।।
जवानीमा मजा लुट्नुभयो रे!, बुढेसकालमा फिका।
साली देख्ने बित्तिकै बल्न थाल्यो आँखामा मोती झै टिका।।
झुल्किँदै छ क्या राम्रो, दुइटै कानमा तिम्रो बाली।
म सुत्ने ओछ्यानमा, तिमी नै भइदिनु है साली।।
खाली उभो खाली उदो, किन गर्छौ जीवनभरि।
दिदी छाडेर साली देख्दा बरु अन्तै सौता गरी।।
सुत्ने ओछ्यान भाँसिसक्यो, हेर न! खस्यो तल खाट।
मेरो पावर देखाइदिन्छु नि!, छिनभरमै आँट।।
फुर्ती लाउनु पर्दैन भेनाजु, मदिराको तालमा।
आफ्नो अनुहार हेर्नु पहिला ऐनाको आकारमा।।
ऐना पनि लजाउँदैछन् रे! मेरो अनुहार हेरेर।
म कस्तो भाग्यमानी छु हेर न! साली तिम्लाई देखेर।।
#कबिताहरी
सुन्दर हरैंचा नगरपालिका १ मोरङ
Comments
Post a Comment